ताप्लेजुङमा १८ वर्षीया युवती मृत अवस्थामा फेला


 


ताप्लेजुङ, असोज १०
ताप्लेजुङमा एक दुःखद घटना भएको छ। घरबाट दूध पु¥याउन हिँडेकी एक १८ वर्षीया युवती मृत अवस्थामा भेटिएकी छिन्।

फक्ताङलुङ गाउँपालिका–३ लिङखिम घर भई फुङलिङ नगरपालिका–६ बिहीबार बस्दै आएकी १८ वर्षीया पुष्पा तबेबुङ लिम्बू शुक्रबार बिहान त्यस्तो अवस्थामा भेटिएकी हुन्। उनी भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत रहेको बताइएको छ।

दूध पु¥याउन दोखुबाट सदरमुकाम फुङलिङ आउँदै गरेका स्थानीयले युवती भीरमा लडेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश यादवका अनुसार उनको शव फुङलिङ नगरपालिका–७ दोखु सिरानको भीरको फेदमा थियो।

प्रहरीका अनुसार लिम्बु अग्लो पहरो भएको ठाउँबाट तल झरेको जस्तो देखिएको छ। उनको ज्याकेट पहरोमा अड्किएको र घटनास्थलमा मेटासिको बोतल भेटिएको छ।

मेटासिटको गन्ध आएपछि अनुसन्धान गर्ने क्रममा प्रहरीले ज्याकेट र बोतल बरामद गरेको हो। झरेको ठाउँ कतै माडिएको अवस्थामा पनि भेटिएको प्रहरीले जनाएको छ। शरीरभरि चोटपटक रहेको छ। अब पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे थप केही भन्न सकिने बताइएको छ।

प्रकाशित मिति: १० आश्विन २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्