आजको मौसम पूर्वानुमान : प्रदेश २ मा वर्षाको सम्भावना



काठमाडौं, असोज १६
आज देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै आज राति देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र प्रदेश २ का धेरै स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ ।

साथै प्रदेश नं १ र प्रदेश नं २ का थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना छ । अहिले भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

 

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News