Deshko News
८ आश्विन २०८०, सोमबार

चीनमै बसेर काठमाडौंमा गैरकानुनी धन्दा, चिनियाँ नागरिकविरुद्ध इन्टरपोलको रेड नोटिस गर्ने तयारी



काठमाडौं, असोज २१
चीनमै बसेर ठमेलमा होटल सञ्चालन गर्दै आएका दुई चिनियाँ नागरिकविरुद्ध इन्टरपोलको रेड नोटिस जारी गराइने भएको छ। होटलको नाममा विभिन्न आपराधिक गतिविधिहरु सञ्चालन गरेको भन्दै नेपाल प्रहरीले रेड नोटिस जारी गराउन प्रक्रिया अघि बढाएको छ।

प्रहरीले सी वेनलङ र चेन फेङकाईविरुद्ध रेड नोटिस जारी गराउन लागेको हो। प्रहरीले उनीहरुले सञ्चालन गरेको होटेलबाट तीन महिनाअघि बाघको छाला बरामद गरेको थियो। उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका चारजना चिनियाँमध्ये एकजना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने तीन जना साधारण तारेखमा छुटेका छन्।

र पुर्पक्षका लागि कारागार पठाइएकमा होटेलका प्रबन्धक मा जिङगविन रहेका छन् जाओ पेनुचेङ, पेङ हुई र निई युलिङलाई भने साधारण तारेखमा छुटेका हुन्।

उनीहरुले गत असारको २१ गते जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका थिए। महानगरीय प्रहरी परिसर काठमाडौं र लैनचौर वृत्तको प्रहरी टोलीले ठमेलको ज्याठा गल्लीमा रहेको झियागुं खाजान होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउपछि होटलबाट बाघको छाला बरामद गरिएको थियो।

उक्त होटलका सञ्चालकहरु चीनमै रहेको खुलेको छ। उनीहरु हाल फरार रहेका छन्। त्यसकारण उनीहरुलाई पक्राउ गर्न इन्टरपोलको सहयोग लिन लागेको प्रहरी स्रोतको भनाइ छ।

प्रकाशित मिति: २१ आश्विन २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News