आज एमाले स्थायी कमिटी बैठक बस्दै, यी हुन् पाँच एजेण्डा



काठमाडौं, कार्तिक ४
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्नेछ ।

एमालेले स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको छ । विवरण अनुसार एमालेको मुख्य एजेण्डा आगामी महाधिवेशन रहेको छ ।

१० देखि १२ मंसिरमा १०औँ राष्ट्रिय महाधिवेशन तय भइसकेको छ । जसअनुसार ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदैछ । आजको बैठक यही विषयमा केन्द्रित रहने नेताहरूले जानकारी दिएका छन् । राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेशलाई बैठकको एजेण्डा बनाइएको छ ।

विधान महाधिवेशनको समीक्षा गरिनेछ । एमालेको प्रथम विधान महाधिवशेन १५-१७ असोजमा भएको थियो ।

यसैगरी, असोज अन्तिम सातादेखिको अविरल वर्षापछिको बाढीपहिरोले ९२ जनाको ज्यान गएको छ भने धानबाली नष्ट भएको छ । यो विषयमा पनि स्थायी कमिटीमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News