आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना


 


काठमाडौं, कार्तिक ५
हाल नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली रहेको छैन । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानहरुमा हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

शुक्रबार दिउँसो प्रदेश न १, प्रदेश न २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक देखि सामान्य बदली रहने बताइएको छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राती देशभर आंशिक देखि सामान्य बदली रहने छ। प्रदेश १, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरुका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ५ कार्तिक २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्