काठमाडौं आउँदै गरेको बसमा आगलागी



काठमाडौं, कार्तिक ७
सुर्खेतबाट काठमाडौं आइरहेको एक बसमा आगलागी भएको छ। ना ६ प १४७१ नम्बरको बसमा आइतबार राति २ बजे धादिङको गजुरीमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार इलेक्ट्रिक सट भएर बसमा आगो लागेको हो। आगलागीबाट बसको अधिकांश भाग जलेको छ। सो दुर्घटनामा कुनै पनि यात्रुलाई केही नभएको बताइएको छ।

यात्रुहरु सकुशल रहेको तर सामानहरु बाहिर निकाल्न नसक्दा उनीहरुको लगेज जलेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News