प्रधानमन्त्री देउवा बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको निरीक्षणमा जाँदै


 


काठमाडौं, कार्तिक ७
प्रधानमन्त्री शेरबहादुर देउवा आज बाढीपहिरो प्रभावित पूर्वी नेपालका जिल्लाको निरीक्षणमा जाँदैछन् । प्रधानमन्त्रीसहितको टोली आज बिहान आठ बजे नेपाली सेनाको हेलिकप्टरबाट पूर्वी नेपालको भ्रमणमा निस्किने कार्यक्रम छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री देउवाले सुनसरी, मोरङ, इलाम, पाँचथर लगायत जिल्लामा बाढी र पहिरोले पुर्याएको क्षतिको अवस्थाबारे बुझ्ने र निरीक्षण गर्ने कार्यक्रम छ ।

त्यसपछि इलाम र पाँचथरको सिमानामा पर्ने राँके बजारमा दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग संयुक्त रुपमा छलफल गर्ने कार्यक्रम पनि तय भएको छ । प्रधानमन्त्री देउवाले बाढी पहिरोले पुर्याएको क्षतिको अवस्था र सरकारले गर्नु पर्ने कामबारे छलफल गर्नेछन् ।

प्रधानमन्त्रीको साथमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ लगायत रहनेछन् । प्रधानमन्त्रीसहितको टोली आइतबार साँझ नै काठमाडौं फर्किने कार्यक्रम छ ।

प्रकाशित मिति: ७ कार्तिक २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्