पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव, आज कहाँ-कहाँ पर्छ पानी ?


 


काठमाडौं, कार्तिक ८
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार जसकारण आज सोमबार दिउँसो देशभर बदली रहनेछ । प्रदेश १, २, बागमती र गण्डकीका केही स्थान र बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

सोमबार राति गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १ , बागमती तथा गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

मंगलबार तराईका भूभागमा मौसममा केही सुधार आउनेछ । देशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: ८ कार्तिक २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्