बागमतीमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदै



मकवानपुर, कार्तिक ११
बागमती प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुँदैछन् । गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादी पार्टीका संसदीयदलका नेता मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

उनको सपथ ग्रहण पनि आजै हुनेछ । मुख्यमन्त्रीका लागि पाण्डेले बुधबार नै प्रदेश प्रमुख समक्ष दावी पेश गरिसकेका छन् । गठबन्धनका ४ वटा दलको समर्थनमा पाण्डेले मुख्यमन्त्री पदमा दावी गरेका हुन् ।

पाण्डेलाई नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपाको ५९ जना सांसदहरुको समर्थन रहेको छ । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले नयाँ सरकार गठनका लागि प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई आफ्नो दावी पेश बुधबार आह्वान गरेसँगै पाण्डेले आफ्नो दावी पेश गरेका थिए ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक संस्कार कायम राख्ने भन्दै बुधबार प्रदेश प्रमुख शर्मासमक्ष राजीनामा पेश गरेकी थिएन ।  

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News