आफ्नो सरकार जोगाउन नसक्नेले अर्काको सरकार ढाल्ने धम्की नदिए हुन्छ : गृहमन्त्री खाँण



पाँचथर, कार्तिक १७
प्रधानमन्त्रीको समेत कार्यभार सम्हालिरहेका गृहमन्त्री बालकृष्ण खाँणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका छन् । पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीयवासीसँगको अन्तक्र्रियाका क्रममा उनले आफ्नै सरकार र पार्टी जोगाउन नसक्नेले फेरि सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका हुन् ।

विपक्षी दलका नेताहरुले अहिलेको सरकारलाई सजिलै ढलाउन सक्ने दाबी गरेको केही दिनपछि गृहमन्त्री खाँणले अहिलेको सरकार कसैले ढलाएर नढल्ने तर्क गरे । “हामी सरकार ढलाउने र गिराउने काममा कहिल्यै लागेनौँ, अब पनि लाग्दैनौँ, सरकार बनाउनेतर्फ हैन, देश बनाउनेतर्फ जोड गरौँ”, उनले भने ।

वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्ने भएकाले जनताको मर्म बुझ्नका लागि आफू जनतासँग अन्तक्र्रिया गर्न गाउँ गाउँ जाने गरेको बताए । जनताका समस्या बुझ्ने र समाधान गर्नेतर्फ नै अहिलेको सरकार केन्द्रित रहेकाले कसले सरकार ढलाउँछ भन्नेतर्फ कुनै सरोकार नरहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News