ट्याक्टर दुर्घटनामा तीनको मृत्यु



जाजरकोट, कार्तिक १७
नलगाड नगरपालिका-५ झुल्केडाडामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

नलगाडकाे कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको ट्याक्टर मंगलबार दिउँसाे दुर्घटनामा परेकाे हाे । दुर्घटनामा नलगाड-५ का चंकलाल विक, सुरेश खत्री र बलबहादुर खत्रीकाे ज्यान गएकाे हाे ।

नलगाड-८ का विनोद परियार घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको डीएसपी मधुकुमार थापाले जानकारी दिए । ट्याक्टर नम्बर खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News