लागूऔषधसहित बुटवलबाट चार जना पक्राउ



बुटवल, कार्तिक १७
रुपन्देही प्रहरीले लागूपदार्थसहित चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा-४ शिवनगरका शंकर नेपाल, तिलोत्तमा-३ का केशव गिरी र बुटवल उपमहानगरपालिका-११ का दीपक नेपाली पक्राउ परेका हुन् ।

बुटवल–१३ पवित्रनगरस्थित चेकजाँच गर्ने क्रममा पक्राउ परेका उनीहरुको साथबाट ११ ग्राम ब्राउनसुगर जफत गरिएकाे छ ।

इलाका प्रहरी कार्यालय बुटवलबाटै खटिएको टोलीले बुटवल-१७ रानीगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल बस्ने रवी लामा रहेका छन् । उनकाे साथबाट ब्राउन सुगर ५०० मिलिग्राम फेला परेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News