सहरी विकासमन्त्री झाँक्री डिस्चार्ज, केही दिन भेटघाट नगर्ने



काठमाडौं : सहकारी विकास मन्त्री एवं नेकपा (एकीकृत) समाजवादीकी नेतृ रामकुमारी झाँक्री डिस्चार्ज भएकी छन् ।

छातिमा निमोनिया संक्रमण भई एक सातादेखि वीर अस्पतालमा उपचाररत झाँक्री बुधबार साँझ डिस्चार्ज भएकी हुन् ।

झाँक्रीले आफूलाई संक्रमणको उच्च जोखिम कायम रहेको हुँदा चिकित्सकको सल्लाहअनुसार अझै केही दिन भेटघाट गर्न असमर्थ रहेको अनुरोध गरेकी छन् ।

उनले आफ्नो उपचारमा संग्लग्न चिकित्सक एवम् स्वास्थ्यकर्मीहरु, अस्पताल प्रशासन, मेरा सुरक्षाकर्मी साथीहरु, मन्त्रालयका कर्मचारीलगायत स्वास्थ्यलाभको कामना गर्ने शुभचिन्तकलाई धन्यवाद पनि दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News