आजबाट तिहार शुरु, यसरी खुसी पार्नुहोस् लक्ष्मीलार्इ, धन आर्जन हुन्छ


 


लक्ष्मीलाई धनकी देवी भनिन्छ । लक्ष्मीको पुजा गरे धनी भइने जनविश्वास रहेको छ । यहाँ लक्ष्मीलाई खुसी तुल्याउने केही तरिका प्रस्तुत गरिएको छ ।

घरमा कुवेरको मुर्ति राख्दा लक्ष्मी खुसी हुने विश्वास गरिन्छ । खासमा कुवेर पनि धनका मालिक हुन् र उनले लक्ष्मीको रक्षा गर्छन् । र कुवेरको मुर्ति राखिएको स्थान सफा हुनु पर्छ ।

श्रीफल भनिने नरिवल चढाउँदा लक्ष्मी सबैभन्दा खुसी हुने धर्म शास्त्रमा उल्लेख छ । श्रीफलको अर्थ पनि लक्ष्मी नै हो । यो नरिवल सामान्य नरिवल भन्दा सानो हुन्छ ।

त्यसै गरी पारोले बनाइएका जुन सुकै चित्र वा तस्विर पनि लक्ष्मीका लागि विशेष मानिन्छन् । घरमा पारोले बनेको लक्ष्मीको मुर्ती राख्नु निक्कै फलदायी मानिन्छ ।

लक्ष्मी समुन्द्रबाट उत्पत्ती भएको मानिन्छ । मुंगा पनि समुन्द्रकै उत्पादन भएका कारण मुंगा लक्ष्मीलाई चढाउँदा धन प्राप्ती हुने विश्वास गरिन्छ ।

त्यसैगरी चाँदीले बनेका लक्ष्मी र गणेशको मुर्ति सँगै राख्दा निक्कै फलदायी मानिन्छ । तर यस्ता मुर्तिको पुजा भने दैनिकरुपमा गरिनु पर्छ ।

श्री यन्त्रको प्रयोग पनि लक्ष्मी खुसी पार्ने अचुक उपाय हो । यसको पुजा गर्दा लक्ष्मी खुसी हुने जनविश्वास छ ।

कमलको वियों लक्ष्मीलाई चढाउँदा फलदायी हुने विश्वास छ । यसले घरमा धनको वृद्धि हुने मानिन्छ ।

प्रकाशित मिति: १४ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्