ओली आफै ठेगान लागिसके, अब कसैले लगाउनु पर्दैन : माधव नेपाल



विराटनगर, कार्तिक २६
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली आफै ठेगान लागि सेकेको बताएका छन् । बिहीबार विराटनगर विमानस्थलमा सञ्चार कर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले समय र परिस्थितिले नै ओलीलाई ठेगान लगाइसकेको बताएका हुन् ।

उनले राष्ट्रिय सभा तथा रिक्त रहेको पदको चुनावमा एमालेलाई ‘क्लिन स्वीप’ पार्ने दाबी गरेका छन् । गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर एमालेलाई ‘क्लिन स्वीप’ पार्ने उनको भनाइ रहेको छ ।

अध्यक्ष नेपाल सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीशहरूको राजीनामाको बचाउमा उत्रिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना निर्णय गर्ने पाँच जना न्यायाधीशको राजीनामा दिनु पर्ने बताइरहेका बेला उनी भने बचाउमा लागेका हुन् । ओलीले प्रधानन्यायाधीश र न्यायाधीशको राजीनामा माग्नु ‘वाहियात’ कुरा भएको र रिस पोख्नु बाहेक केही नभएको प्रतिक्रिया दिए ।

उनले उच्च स्तरीय राजनीति संयन्त्र काम गर्नका लागि बनाइएको बताएका छन् । प्रतिपक्षी एमालेले विरोध गरिरहेको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले राम्रो नदेख्ने संस्कार भएकाले विरोध गर्ने गरेको प्रतिक्रिया दिएका हुन् । ‘गठबन्धन फुट्छ भन्ने हल्ला फिँजाइएको छ,’ नेपालले भने, ‘यो संयन्त्रले त्यसलाई पनि दरिलो बनाउँछ ।’

आफ्नो पाटीको लहर देखेर अरू शक्ति आत्तिएको समेत उनले बताए । विप्लव तथा वैद्यसँग बाम एकता गर्ने विषयमा छलफल भइरहेको उनले बताए । बिचार मिल्नेहरूसँग एकता गर्न सकिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News