उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसोबाट जोगिन आह्वान



काठमाडौं, कार्तिक २९
प्रदेश  १ र गण्डकीका हिमाली क्षेत्रमा आज सोमबार हल्का हिमपातको सम्भावाना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी  भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। राति पहाडी भूभागमा आंशिक बदली  रहनेछ ।

मंगलबार प्रदेश १, बागमती र गण्डकीका पहाडी  क्षेत्रमा आंशिक बदली रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर जाडो बढ्न थालेको छ । अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  महाशाखाले आह्वान गरेको छ । 

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News