मुगुको गमगढी बजारमा भीषण आगलागी



काठमाडौं, कार्तिक ३०
मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ ।

सोमबार राति साढे १२ बाट शुरु भएको आगलागीमा १७ वटा घर र ३ वटा घुम्ती पसल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै आगो नियन्त्रणमा लिने क्रममा एउटा कच्ची घर भत्काइएको छ। स्थानीय खिम्मे लामाको घरमा बालेको दियोबाट आगलागी भएको हो।

सुरक्षाकर्मीहरुले स्थानीयको सहयोगमा बिहान साढे ४ बजे आगो नियन्त्रणमा लिइएको छ।

सो आगलागीमा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। कति धनमाल जलेर नष्ट भयो भन्ने यकिन भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News