Deshko News
९ आश्विन २०८०, मंगलबार

नेपाल प्रहरीका जना ८ डीएसपी एसपी बढुवाका लागि सिफारिस



काठमाडौं, मंसिर ३
नेपाल प्रहरीका ८ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) उपरीक्षक (एसपी) बढुवामा सिफारिस भएका छन् ।

प्रहरी प्रधान कार्यालयमा बिहीवार बसेको बढुवा समितिको बैठकले आठजना डीएसपीलाई एसपी बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

एकैपटक भर्ना भएका अन्यको बढुवा भएपनि यी आठजना राजनीतिक कोपभाजन र शक्ति केन्द्रमा पहुँच नपुग्दा बढुवा हुनबाट छुटेका थिए ।

बढुवा सिफारिस हुनेहरुमा डीएसपीहरु जनकबहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुनप्रसाद तिमिल्सीना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानभाट रहेका छन् ।

प्रकाशित मिति: ३ मंसिर २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News