कांग्रेस महाधिवेशन : मन्त्री चौधरी निर्विरोध महाधिवेशन प्रतिनिधि
दाङ, कार्तिक ७
दाङ निर्वाचन क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिमा पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली बहादुर चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
थारु कोटाबाट उम्मेदवार बनेका चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी महाधिवेशन प्रतिनिधिमा निर्विरोध भएका हुन् । त्यस्तै थारु महिना कोटाबाट कल्पना चौधरी निर्विरोध निर्वाचित भएकी छन् । क्षेत्र नम्बर ३ मा एक सयभन्दा बढी थारु प्रतिनिधि चुनिएका छन् ।
त्यसै गरेर ऊर्जा जलस्रोत तथा सिँचाई राज्य मन्त्री अर्जुनकुमार श्रेष्ठ आदिवासी जनजातिको कोटाबाट महाधिवेशन प्रतिनिधि चुनिएका छन् । उनी पनि निर्विरोध निर्वाचित भएका हुन् ।
त्यसै गरेर आदिवासी जनजाति कोटाबाट नै नेपाली कांग्रेस दाङका कोषाध्यक्ष सावित्रा राना पनि निर्विरोध निर्वाचित भएकी छन् । अन्य सबै पदमा निर्वाचन हुने भएको छ ।