नेपाली जनसम्पर्क समिति बेलायत सभापतिमा उम्मेदवारी दिने नेतृ कोपिला सुब्वाको घोषणा



लण्डन, कार्तिक ७
नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति बेलायतको सभापति पदमा कोपिला सुब्वाले उम्मेदवारी दिने घोषणा गरेकी छन । आगामी नोभेम्बर २७ शनिवारका दिन हुने नेपाली जनसम्पर्क समिति (एनपीसीसी युके)को पाँचौ अधिवेशनमा सभापति पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

विधि विधान र पद्धतिको पालना गर्दै सामुहिक रुपमा नेपाली जनसम्पर्क समितिको नेतृत्व गर्न आफु तयार भएको बताउदै नेतृ सुब्वाले कांग्रेस पार्टीले लिएको समाजवादी सिद्धान्तलाई विदेशबाट सहयोग सहयोग गर्ने प्रतिवद्धता मतदाता समक्ष गरेकी छिन ।

बेलायतस्थित संघसंस्थासँग हातेमालो गर्दै अघि बढन तयार रहेको उनको भनाइ छ । जनसम्पर्क समितिलाई विश्वासिलो र भरपर्दो संगठनका रुपमा विकास गर्न आफ्नो नेतृत्व आवश्यक रहेको सुब्वाको दावी छ । पाँच दिनेमा हुने पाँचौ अधिवेशनमा सभापतिको प्रत्यासी बन्न लागेकी सुब्वाले निर्वाचित भएमा कांग्रेस पार्टीले लिएको लक्ष्यलाई पुरा गर्न विदेशबाट सहयोग गर्ने बताइएकी छिन ।

आफुलाई नैतिक र इमान्दार महिला नेतृको रुपमा प्रस्तुत गर्दै सुब्वाले एनपीसीसी युकेको नेतृत्व लिन तयार रहेकाले सहयोग लागि मतदाता समक्ष अपिल गरेकी छिन । ”मलाई सभापति पदमा मत दिई बिजयी गराइदिनु हुन सम्पूर्ण अग्रज, मेरो साथीहरु तथा मतदाता समक्ष निवेदन गर्दछु”, उनले अपिलमा भनेकी छिन ।

यसैबिच, एनपीसीसी युकेका अध्यक्ष युवराज गुरुङले सामाजिक संजालमा नेपाली कांग्रेसका क्रियाशील सदस्य साथीहरू, नेपाली कांग्रेसका साधारण सदस्य साथीहरू ,नेपाली जनसम्पर्क समिति यूकेका सम्पूर्ण कार्यसमितिका साथीहरु , सल्लाहकार ज्युहरू तथा केन्द्रीय सभाका सम्पूर्ण साथीहरू यही नोभेम्बर २७ का दिन शनिवार हुन गइरहेको एनपिसीसी यूकेको पाँचौ ऐतिहासिक अधिवेशन उपस्थितिको लागी हार्दिक अनुरोध गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News