कांग्रेसमा उदाए गिरिजा प्रसाद कोइराला !



भोजपुर, मंसिर ८
नेपाली राजनीतिमा नेपाली कांग्रेस र कोइरालालाई पर्यावाची शब्दकै रुपमा लिने गरिन्छ । अझ कांग्रेसको कोइरालामा पनि गिरिजा प्रसाद कोइरालाको नाम अग्रभागमा आउँछ ।

गिरिजा प्रसाद कोइरालाको निधन भएको एक दशक बढी भइसकेको छ । तर यहाँ अनौठो संयोग मिलेको छ । फेरि गिरिजा प्रसाद कोइरालाको उदय भएको छ, त्यो पनि नेपाली कांग्रेसमा ।

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनको केन्द्रिय प्रतिनिधिमा भोजपुरबाट गिरिजा प्रसाद कोइराला निर्वाचित भएपछि कांग्रेस, कोइराला र गिरिजाको चर्चा शुरु भएको छ ।

एक दशक अगाडि देखिनै कांग्रेसको राजनीतिमा सक्रिय भएपनि यतिबेला गिरिजा प्रसाद कोइरालाको चर्चा निकै चुलिएको हो । उनले कांग्रेस भित्रको कोइराला खेमाबाटै सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका हुन् ।

कांग्रेसको १४ औं महाधिवेशको प्रतिनिधिका लागि खस आर्य क्षेत्रबाट उम्मेदवार रहेका कोइरालाले सबैभन्दा धेरै ४ सय ३४ मत प्राप्त गरी कांग्रेसको राजनीतिमा आफूलाई उभ्याउन सफल भएका हुन् । थुप्रै चर्चित नेताहरुलाई पछाडि पारेर उनले महाधिवेशन प्रतिनिधिमा बाजी मारेका छन् ।

कांग्रेस भोजपुरका लोकप्रिय युवा नेता कोइरालाको उम्मेदवारीलाई निकै चासोका साथ हेरिएको थियो । नेपाल विद्यार्थी संघको राजनीति गर्दै आएका कोइरालाले नेविसंघ भोजपुरको संगठन विभाग प्रमुख हुँदै कार्यबहाक सभापतिको जिम्मेवारी सम्हालिसकेका छन् ।

नेपाली कांग्रेसका राष्टिय नेताहरुसँगको सिधा सम्पर्क र पहुँचका कारण कोइरालालाई भोजपुरका कांग्रेसले विशेष महत्व दिने गरेका छन् ।

अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन गर्ने उदेश्यले महाधिवेशन प्रतिनिधि बनेका कोइरालाले निर्वाचित भएपछि सबै मतदाता, नेता, कार्यकर्ता शुभेच्छुकलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News