मेरो जिन्दगीको टुंगो छैन, तर तपाईंहरुलाई हेरेर ढुक्कले निदाउन सक्छु-ओली



चितवन, मंसिर ११
एमालेको १० औं महाधिवेशन चितवनमा जारी छ । अहिले बन्दसत्र चलिरहेको छ । बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओली सम्बोधन गरिरहेका छन् । ओलीले आफ्नो पार्टीका कार्यकर्ताको हातमा लोकतन्त्रको भविष्य सुरक्षित रहेको बताएका छन् ।

सम्बोधनका क्रममा ओलीले भने ‘यसै पनि मानिसको जिन्दगीको टुंगो हुँदैन । म त झन् धेरैपटक मरेर बाँचेको हुँ । धेरैपटक अपरेशन गरेको शरीर हो । त्यसैले कति बाँच्छु थाहा छैन ।

तर मलाई मिठो निद्रा लाग्छ, खाना रुच्छ, जब तपाईहरुलाई अगाडि देख्छु । तपाईंहरुको हातमा देशको भविष्य सुरक्षित देख्छु । आन्दोलनको भविष्य सुरक्षित देख्छु । समृद्धिको यात्रा सुरक्षित देख्छु, त्यसैले ढुक्क भएर सुत्न सक्छु ।’

साहसी र तेजतर्रार कार्यकर्ताहरुको अगूवाई गर्ने अध्यक्ष हुन पाएकोमा आफूलाई गर्व लाग्ने गरेको ओलीले बताए ।

‘म आफूलाई गौरवान्वित महसुस गर्छु कि अध्यक्षको रुपमा तपाईंहरुलाई लिड गर्ने मौका पाएको छु । तपाईंहरुले साथ नदिएको भए यो पार्टीको बेहाल हुने थियो,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News