एमाले अध्यक्षमा ओली निर्वाचित


 


काठमाडौं, मंसिर १४
नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनुभएको छ । १० औं राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि ओली अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा. भीम रावललाई भारी मतान्तरले हराउँदैओली अध्यक्ष बन्नु भएको हो । अ‍ोलीले १८०८ मत प्राप्त गर्नुभयाे भने उहाँका प्रतिस्पर्धी भीम रावलले २२३ मत प्राप्त गर्नुभयो ।

मंगलबार बिहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । २ हजार १५३ मतदातामध्ये २ हजार ९६ मत खसेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति: १४ मंसिर २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्