यी हुन् एमालेका निर्वाचित सात सचिव, कसको मत कति ?


 


काठमाडौं, मंसिर १४
नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् ।

सबैभन्दा धेरै गोकर्णले १९७६ मत पाएका छन् । योगेशले १९६४, छविलाल र पदमाले समान १८०० मत पाएका छन् । लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् ।

सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् ।

छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् । आचार्यले १३०० र कार्कीले ५०० मत प्राप्त गरे ।

प्रकाशित मिति: १४ मंसिर २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्