आज कक्षा १२ को नतिजा प्रकाशन गर्न परीक्षा बोर्डको बैठक



काठमाडौं, मंसिर १७
कक्षा १२ को नतिजा आज शुक्रबार नै प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।

बोर्डको बैठक बिहान ९ बजे तय भएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

बाेर्डकाे निर्णयपछि नतिजा सार्वजनिक हुनेछ ।

गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो । परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News