घिमिरेलाई २ मतले पछि पार्दै कांग्रेस प्रदेश १ सभापतिमा थापा विजयी

काठमाडौं, मंसिर २०
नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । थापा देउवा–सिटौला पक्षका उम्मेदवार हुन् ।
उनले ८४४ मत ल्याएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी पौडेल समूहका गुरु घिमिरेलाई २ मतान्तरले पराजित गरेका हुन्।
१७५२ मत खसेकोमा संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन्। प्रदेश १ मा कांग्रेस सभापतिका लागि शनिबार मतदान भएको थियो ।
कसको कति मत ?
सभापति :
१.उद्दव थापा – ८४४
२.गुरुराज घिमिरे –८४२
उपसभापति :
१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) –७६५
२.टंक प्रसाद राई –८४७
३.रमेशजंग रायमाझी –८९१
४.बिश्वनाथ रिजाल ( त्रिलोचन ) –६६९
महामन्त्री :
१.उमेश थापा –८२३
२.दिपनकुमार श्रेष्ठ –७६४
३.पदम सुन्दर पालुङ्गवा– ८०७
४.भुपेन्द्र राई –८२४
सह–महामन्त्री :
१.प्रमिला गछदार –८३७
२.सीता कार्की–७३३
सह–महामन्त्री :
१.खड्ग फागो –१०२६
२.रोहित कुमार शाह –६६५
३.बिनोद कुमार बस्नेत –७४७
४.विरकाजी राई –६४७
५.शुभचन्द्र राई –८४
प्रकाशित मिति: २० मंसिर २०७८, सोमबार