कांग्रेस महाधिवेशन उद्घाटन सत्रमा क–कसलाई दिइयो निम्तो ?



काठमाडौं, साउन २१
आगामी शुक्रबारबाट नेपाली कांग्रेसको १४ औँ महाधिवेशन शुरु हुँदै। कांग्रेसले महाधिवेशनको तयारी अन्तिम चरणमा पुराएको छ।

सरकारको नेतृत्व पनि गरिरहेको कांग्रेसले महाधिवेशनमा देशभित्रका सबै राष्ट्रिय राजनीतिक दलहरूलाई निम्तो गरेको छ। महाधिवेशनको उद्घाटन सत्रमा कांग्रेसले देशी र विदेशी विभिन्न राजनीतिक दलहरूलाई निमन्त्रणा गरेको हो।

नेपाली कांग्रेसका नेता प्रकारशरण महतका अनुसार विदेशी पाहुनाहरूको पनि टुंगो लागिसकेको छैन। धेरैलाई निम्तो पठाइएको भए पनि आउने निश्चित नभएको उनले जानकारी दिए।

उनका अनुसार भारतीय जनता पार्टी (बीजेपी) र भारतीय राष्ट्रिय कांग्रेसले आउने सन्देश पठाएका छन्। भारतीय राष्ट्रिय कांग्रेसका शीर्ष नेता महाधिवेशनमा आउने बताइएको छ।

कांग्रेसले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायत राजनीतिक दलहरूलाई महाधिवेशनको उद्घाटन सत्रमा निम्तो दिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News