कस्तो रहनेछ आजको मौसम ?


 


काठमाडौं, साउन २१
मौसम पूर्वानुमान महाखाशाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली, बांकी पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भुभागको एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ। साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार राती प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भु–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: २१ मंसिर २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्