कस्तो रहला आजको मौसम ?


 


काठमाडौँ, पौष २
शुक्रबार बिहान बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिमका पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । त्यस्तै सुदूरपश्चिम, कर्णाली,गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।शनिबार कर्णाली तथा गण्डकी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको आँकलन गरिएको छ ।

प्रकाशित मिति: २ पुस २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्