Deshko News
८ आश्विन २०८०, सोमबार

तीन सहमहामन्त्रीको मतपरिणाम : दुईमा देउवा र एक शेखर पक्ष विजयी, कसले कति मत पाए ?



काठमाडौं, पौष २
नेपाली कांग्रेसको सह महामन्त्री पदमा तीन जना निर्वाचित भएका छन् ।

बिहीबार राति सम्पन्न महिला, जनजाति र दलिततर्फको मतगणनामा महालक्ष्मी उपाध्याय (डीना), भिष्मराज आङ्देम्बे र जीवन परियार निर्वाचित भएका हुन् । उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहका हुन् भने परियार डा. शेखर कोइराला समूहका हुन् ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्त गोपालकृष्ण घिमिरेका अनुसार डिनाले २५३३ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिस्पर्धी कमला पन्तले २१०५ मत प्राप्त गरिन् ।

आङ्देम्बेले २७११ मत पाए । उनका प्रतिद्वन्द्वी विकास लामाले १९१३ मत प्राप्त गरे । परियारले २२१२ मत पाए भने मानबहादुर विश्वकर्मा २१७५ मतमा पराजित भए ।

८ जना सहमहामन्त्री रहेको कांग्रेसमा मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र, थारु, खस/आर्यको मतगणना शुक्रबार विहानदेखि हुने निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति: २ पुस २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News