होटलमा यौन धन्दा चलाउने दुई जना पक्राउ


 


काठमाडौं, पौष २
सुनसरीको इटहरी उपमहानगपालिका–९ स्थित रिभरसाईड होटल एण्ड लजबाट याैनधन्दा चलाएकाे आराेपमा दुई जना पक्राउ गरेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ईटहरी-४ का ३६ वर्षीय गौतम लेप्चा र संखुवासभाको नुम गाँउपालिका-५ का २० वर्षीय मिनराज पराजुली छन् ।

गत २८ मंसिरमा रिभरसाईड होटल एण्ड लजमा अवैध याैन कार्य गर्ने गराउने गरेकाे भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले पीडितलाई उद्वार गरेको हो । पक्राउ परेका लेप्चा र पराजुली दुवै जनालाई म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला अदालत सुनसरीले जनाएको छ ।

प्रकाशित मिति: २ पुस २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्