झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


 


काठमाडौँ, पौष २
आफैँले चलाएको दुर्घटना हुँदा झापाको शिवसताक्षीमा एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–८ स्थित डुडाँमारी चोकमा मे७प ९८०० नंको मोटरसाइकल तीव्रगतिका अनियन्त्रित भई कारण दुर्घटना हुँदा कन्काई नगरपालिका–८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाइकलमा पछाडि सवार कन्काई–८ का २४ वर्षीय विमल सिवा घाइते भएका छन्।

प्रकाशित मिति: २ पुस २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्