फेसबुक ग्रुपमा बालबालिकाको अश्लील भिडियो हाल्ने ९ प्रहरी कारबाहीमा


 


काठमाडौँ, पौष २१
सामाजिक सञ्जालमा भिडियो सेयर गर्ने नौ जना प्रहरीलाई विभागीय कारबाही भएको छ । सामाजिक सञ्जाल फेसबुकमा ग्रुप बनाएर बालबालिकाको अश्लील भिडियो सेयर गरेको अभियोगमा कारबाही गरिएको हो ।

प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले नौ प्रहरीलाई उक्त अभियोगमा कारबाही गरिएको पुष्टि गरे । उनका अनुसार अश्लील भिडियो सामाजिक सञ्जालमा सेयर गर्ने हवल्दारदेखि सिपाहीसम्मका प्रहरी कर्मचारी छन् ।

प्रहरीको प्रहरीको साइबर ब्युरोले अनुसन्धान गर्दा प्रहरीले फेसबुकमा ग्रुप बनाएर सेयर गरेको भेटिएको थियो । उनीहरु विभिन्न प्रहरी कार्यालयमा दरबन्दी रहेको पाइएको छ । भिडियो बनाउनेमा सशस्त्र प्रहरीका एक हवल्दारले पनि रहेको खुलेपछि प्रहरी प्रधान कार्यालयले यसम्बन्धी विवरण सशस्त्र प्रहरी बलको मुख्यालयलाई पठाएको छ ।

प्रकाशित मिति: २१ पुस २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्