यी क्षेत्रमा हुनेछ वर्षा र हिमपात


 


काठमाडौँ, पौष २६
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ । बिहान सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णालीका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । राति सुदूरपश्चिमका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार देशभर आंशिक बदली रहनेछ। सुदूरपश्चिम र प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: २६ पुस २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्