इन्धनमा ६ वटा शीर्षकमा सरकारको कर



काठमाडौँ, पौष २६
सरकारले पेट्रोलियम पदार्थमा अत्यधिक कर असुल गरी आम उपभोक्ताको टाउकोमा महँगीको भार थुपारेको छ । इन्धनमा मात्र विभिन्न ६ वटा शीर्षकमा सरकारले कर उठाउँदै आएको छ । नेपाल आयल निगमले भारतसँग सस्तोमा तेल खरिद गरे पनि अत्यधिक कर उठाउँदा उपभोक्ताले महँगो मूल्य तिर्नु परिरहेको छ ।

सरकारले भन्सार शुल्क, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क, मूल्य स्थिरीकरण कोष कर, वातावरण प्रदूषण शुल्क र पूर्वाधार विकास गरी ६ शीर्षकमा कर उठाउने गरेको छ । प्रतिलिटर पेट्रोलमा निगमले ५७ रुपैयाँ ७३ पैसा भन्सारमै कर उठाएर राज्यलाई बुझाउने गरेको छ । त्यसको भार सिधै आम उपभोक्तामा परेको छ ।

पेट्रोल (प्रतिलिटर)
भन्सार शुल्क २५ रुपैयाँ २० पैसा
भन्सार सेवा शुल्क ०.०३ पैसा
सडक भन्सार शुल्क ४ रुपैयाँ
पूर्वाधार विकास कर १० रुपैयाँ
मूल्य स्थिरीकरण कोष १ रुपैयाँ ३६ पैसा
वातावरण शुल्क १ रुपैयाँ ५० पैसा
मूल्य अभिवृद्धि कर १५ रुपैयाँ ६५ पैसा
कुल कर ५७ रुपैयाँ ७३ पैसा

आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News