न्यूयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा १९ जनाको मृत्यु



एजेन्सी, पौष २६
अमेरिकाको न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा आगो लाग्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ बालबालिका छन् । आगलागीमा दर्जनौं घाइते भएका छन् ।

आइतबारको आगलागीलाई अमेरिकी आगलागीको इतिहासमै खराब मानिएको छ । १९ तले सो भवनको दोस्रो तलाबाट आगो लागेको हो ।

‘आगलागीमा १९ जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागीका घाइतेहरुको अवस्था गम्भीर छ,’ न्युयोर्कका मेयर इरिक एडम्सले भने । आगलागीमा कम्तिमा ६३ जना घाइते भएका छन् ।

आगलागीपछि २०० जना अग्नि नियन्त्रकहरू आगो निभाउन खटिएका थिए । आगो लागेपछि भवनभित्र फसेका मानिसहरु चित्कारले नजिकको वातावरण भयभित भएको थियो ।

आगलागीको कारण खुलेको छैन् । सर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । प्रहरीले आगलागीबारे अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News