मुस्ताङ र मुगुबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण



काठमाडौँ, पौष २७
नेपालमा कोरोना संक्रमण ७५ जिल्लामा देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकले काेराेना संक्रमण विस्तार हुन दुई जिल्लामात्र बाँकी रहेकाे देखाउँछ ।

तथ्यांक हेर्दा मुस्ताङ र मुगुमा मात्र कोरोना संक्रमणको शून्य संक्रमण रहेको छ । एक हप्ताअघि अर्थात् पुस १९ गते भने सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, हुम्ला, मुगु र बाजुरामा कोरोना संक्रमणको संख्या शून्य थियो ।

पछिल्लो २४ घण्टामा ११ हजार ४२९ कुल परीक्षण गरिएकोमा १४४६ जनामा संक्रमण पुष्टि भएको छ । ८ हजार ९६५ पीसीआर परीक्षणमा १३५७ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ४६४ एन्टिजेन परीक्षणमा ८९ जनामा संक्रमण देखिएको छ ।

नेपालमा कोरोनाकाे सक्रिय संक्रमितको संख्या र संक्रमणदर पनि बढ्दै गएको छ । पुस १९ गते संक्रमणदर २.६ प्रतिशत रहेकोमा पुस २६ गते १२.७ प्रतिशत पुगेको छ । पुस १९ गते १२ हजार ४९८ नमूना परीक्षणमा ३२६ जनामा संक्रमण पुष्टि भएको थियो । आइतबार १२ हजार ६३२ कुल परीक्षणमा १ हजार २६७ जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News