लिपुलेकमाथि भारतले गरिरहेकाे दावाबारे वार्ता गर्न कांग्रेस उपसभापति गुरुङकाे माग



काठमाडाैं, पौष २७

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् ।

पृथ्वी जयन्तीका अवसरमा ट्वीट गरेका गुरुङले भारतले लिपुलेकसम्म सडक बनाइरहेकाे विषयलाई ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमी लिपुलेकमाथि गरिरहेको दावा’ भनेका छन् ।

यस विषयमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरुन्त वार्तासमेत गर्न जरुरी रहेकाे उपभापति गुरुङले सरकारसँग माग गरेका छन् .

उनले लेखेका छन्, ‘पृथ्वीनारायण शाहलाई सम्झौं। पृथ्वीनारायण शाहप्रति सम्मान गरौं। विदेशी अतिक्रमणबाट देशलाई जोगाऔँ ।’

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News