प्रधानमन्त्रीका सार्वजनिक कार्यक्रम स्थगित



काठमाडौँ, पौष २८
प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनका लागि राजनीतिक भेटघाट तथा औपचारिक कार्यक्रममा सहभागिता नजनाउने भएका छन् ।

सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर परीक्षण गराउँदा भान्से तथा दैनिक सुरक्षामा खटिएका अधिकारीलाई कोरोना पोजेटिभ देखिएको थियो।

पीसीआर परीक्षण गराउँदा प्रधानमन्त्री देउवाको भने नेगेटिभ रिपोर्ट आएको थियो ।

दैनिक सम्पर्क भएका व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि सोमबारदेखि नै प्रधानमन्त्री देउवाले केही दिनका लागि राजनीतिक भेटघाट तथा सरकारी औपचारिक सबै कार्यक्रम रद्द गरेको खबर गोरखापत्रमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News