कोरोनाको ओमिक्रोन भाइरस : खोप नलगाएकालाई संक्रमण हुने संभावना १० गुणा र मृत्यु हुने सम्भावना २० गुणा बढी



काठमाडौं, पौष २९
कोभिड १९ विरुद्धको खोप नलगाएका मानिसमा ओमिक्रोन संक्रमण हुने सम्भावना खोप लगाएकाभन्दा १० गुणा बढी हुने पाइएको छ ।

त्यस्तै खोप नलगाएका ओमिक्रोन संक्रमितहरूमा खोप लगाएकाभन्दा अस्पताल भर्ना हुने सम्भावना १७ प्रतिशत र मृत्यु हुने सम्भावना २० गुणा बढी रहने पनि विज्ञहरूले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालले अहिले नेपालमा ओमिक्रोनकै कारण संक्रमण फैलिरहेको हुनसक्ने र एकजना ओमिक्रोन संक्रमितले १० जनालाई सारिरहेको बताए ।

ओमिक्रोन भेरियन्ट समुदायमा फैलिए डेल्टाले भन्दा उच्च संक्रमण गराउनसक्ने पनि उनले जानकारी दिए । डा। कोइरालाकाअनुसार ओमिक्रोन संक्रमणले माथिल्लो श्वासप्रश्वास प्रणालीमा असर पुर्‍याउँछ । डेल्टा भेरियन्टजस्तो यसले सिधै फोक्सोमा आक्रमण भने नगर्ने उनले बताए ।

यसअघिको डेल्टा भेरियन्टले ४ देखि ५ जनालाई संक्रमण सार्ने देखिएको थियो भने ओमिक्रोन संक्रमितले १० जनासम्मलाई सार्नसक्ने देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News