आजदेखि काठमाडौँका १७ ठाउँबाट कोभिडविरुद्धको बुस्टर डोज


 


काठमाडौँ, माघ ३
कोभिड-१९ को संक्रमण बढ्दै जाँदा सरकारले बुस्टर डोज लगाउन सुरु गर्ने निर्णय गरेको छ । आइतबारबाटै लगाउने भनिएको भए पनि काठमाडौँमा सोमबारबाट बुस्टर डोज लगाउन थालिने भएको हो । बुस्टर डोज पहिलो चरणमा अग्रपंक्तिमा खटिनेहरूका लागि उपलब्ध हुने सरकारले जनाएको छ । सोमबारबाट काठमाडौंका १७ स्थानमा लगाइने छ ।

स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार अहिले खोप सञ्चालन भइरहेका काठमाडौं जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर डोज लगाउन सकिने छ । जिल्ला खोप व्यवस्थापन एवं समन्वय समितिको बैठकले सोमबारदेखि चालु खोप केन्द्रबाटै बुस्टर डोज लगाउन मिल्ने गरी निर्णय गरेको छ ।

काठमाडौंमा टेकु अस्पताल, प्रहरी अस्पताल, आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, प्रसुती गृह थापाथलीलगायत स्थानमा बुस्टर डोज लगाउन सकिने जनाइएको छ । बुस्टर डोज लगाउनका लागि यसअघि कोरोनाविरुद्धको दुवै मात्रा खोप लगाएको कम्तिमा ६ महिना पूरा गरेको हुनुपर्ने छ । यसअघि जुन खोप लगाइएको थियो बस्टर पनि सोही खोपको मात्रा लगाउनु पर्ने छ ।

प्रकाशित मिति: ३ माघ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्