यूएईमा १३८ जना नेपालीको मृत्यु


 


काठमाडौँ, माघ ४
यूएई सन् २०२१ मा संयुक्त अरब इमिरेट्स (यूएई) मा एक सय ३८ नेपाली नागरिकले ज्यान गुमाएका छन्। नेपाली दूतावास आवुधावीले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२१ को डिसेम्बर ३१ सम्म विभिन्न कारणले एक सय ३८ जना नेपालीले यूएईमा ज्यान गुमाएको उल्लेख गरेको छ।

जसमध्ये १८ जना कोरोनाका कारण ६५ जनाको प्राकृतिक कारणले मृत्यु भएको छ,भने दुर्घटनामा परि २५ जनाले ज्यान गुमाएका छन् । यसैगरी २८ जनाले आत्महत्या, १ जनाको हत्या र १ जना साउदी बोर्डरमा हत्यापछि शवलाई गाडिएको दूतावासबाट प्राप्त तथ्यांकमा उल्लेख गरिएको छ भने नयाँ वर्ष २०२२ को जनवरी १४ तारिकभित्र १२ नेपालीले ज्यान गुमाएको छ। जसमध्ये मृत्यु हुनेमा २ जना भिजिट भिसा वाहक र एकजना कम्पनीबाट फरार व्यक्ति हुन् ।

२०२० मा यूएईमा कोरोनाले ३२ नेपालीको मृत्यु
सन् २०२० मा संयुक्त अरब इमिरेट्स (यूएई) मा १८६ जना नेपालीको मृत्यु भएको दूतावासले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख गरिएको छ । जसमा कोरोना भाइरसका कारण ३२ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा प्राकृतिक रूपमा ७९ जनाले ज्यान गुमाएका छन् भने ४४ जनाले आत्महत्या, २७ जना दुर्घटनामा, ४ जनाको हत्या भएको दूतावासले जनाएको छ।

दूतावासले उपलब्ध गराएको तथ्याङ्कमा मृत्यु हुने महिला पुरुषको संख्या र ठेगाना भने उल्लेख गरिएको छैन।

प्रकाशित मिति: ४ माघ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्