ठगी एवं ज्यान मार्ने उद्योगमा फरार सुन्धाराको होटलबाट पक्राउ



काठमाडौँ, माघ ४
नेपाल प्रहरीले ठगी एवं ज्यान मार्ने उद्योग कसुरमा फरार एकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ठगी एवं ज्यान मार्ने उद्योगमा फरार रहेका दाङ घोराही उपमहानगरपालिका–१५ का ४१ वर्षीय विकास पुनलाई सोमबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले ठगी कसुर मुद्दा दर्ता भई फरार रहेका पुनलाई लुकिछिपी बसिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित होटल भ्यू ग्लोबलबाट पक्राउ गरिएको जानकारी दिए ।

“पक्राउ पुन विभिन्न मितिमा ज्यान मार्ने उद्योग, हातहतियार खरखजाना, डाँका, चोरी तथा कुटपिटका घटनामा संलग्न रहेको अनुसन्धानमा खुलेको छ”, उनले भने । प्रहरीले पुनले प्रयोग गर्दै आएको प्रदेश ३–०१–०२२ च ०११८ नम्बरको गाडी बरामद गरेको छ । पक्राउ उनलाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दाङ पठाइएको प्रवक्ता महतोले बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News