जर्मनीले दिएन चिनियाँ खोपलाई मान्यता



काठमाडौं, माघ ६
नेपालस्थित जर्मनी दूतावासले माघ ७ गतेदेखि कोभिड९१९ विरुद्धको खोप लगाएकालाई मात्र भिसा अप्वाइन्टेमन्ट दिन सक्ने जनाएको छ ।

दूतावासले आज विज्ञप्ति जारी गर्दै खोपको वर्गीकरण समेत गरेको छ । जर्मनी र युरोपेली मुलुक जान चाहने नेपालीले जर्मनी दूतावासबाट भिसा लिन चाहेमा कोभिसिल्ड, अस्ट्राजेनेका, मोर्डना र बायोएनटेक खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।

तर, चिनियाँ खोपहरु सिनोफार्म, भेरोसेल र अमेरिकी खोप जोन्सन एन्ड जोन्सन लगाएकालाई भिसा आवेदन प्रक्रियामा सामेल गर्न नसकिने दूतावासले जनाएको छ । जर्मनीको पछिल्लो खोप नीतिले यी तीन खोप लगाएकालाई पनि ‘खोप नलगाएकै सरह व्यवहार गरिने’ उल्लेख गरेको छ ।

जर्मनी दूतावासले नेपाललाई कोरोनाको उच्च जोखिमको सूचीबाट हटाएको समेत जनाएको छ । यसअघि चीनले पनि आफ्नो मुलुक प्रवेशमा चिनियाँ खोपहरु अनिवार्य लगाउनुपर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News