गठबन्धनको बैठक बालुवाटारमा बस्दै, चुनावबारे निर्णय हुन सक्ने !



काठमाडौं, माघ ७
सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको हो।

यसअघि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए।

सो बैठकबाट शुक्रबार बालुवाटारमा गठबन्धनको बैठक बस्ने सहमति भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । भेटमा माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउने विषयमा पनि छलफल भएको थियो ।

स्थानीय तहको चुनाव पर सारेर वैशाखमा प्रतिनिधि सभाको चुनाव गर्न प्रचण्डले राखेको प्रस्तावबारे पनि बैठकमा छलफल भएको स्रोतले बतायो । स्थानीय तहको चुनावभन्दा पहिले प्रतिनिधि सभाको चुनाव गर्ने प्रस्तावलाई लिएर कांग्रेसभित्र असन्तुष्टि देखिएको छ ।

आजको बैठकबाट स्थानीय चुनाव लगायतका चुनावबारे निर्णय हुने अपेक्षा गरिएको छ । बिहीबारका लागि तय भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक स्थगित भएपछि ३ नेताबीच छलफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News