५० लाख ठगी प्रकरणमा साङ्ग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर विष्ट पक्राउ



दाङ, माघ १०
५० लाख ठगी मुद्दामा पक्राउ परेका दाङ घोराहीका विकाश पुनको मुद्दामा साङ्ग्रिला डेभलपमेण्ट बैंक घोराही शाखाका म्यानेजर पक्राउ परेका छन्। अनुसन्धानको क्रममा घोराहीको मनटावरमा रहेको साङ्ग्रिला डेभलपमेण्ट बैंकका म्यानेजर सुदर्शन विष्टलाई जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ गरेको हो ।

म्यानेजर विष्टलाई आज बिहान शाखा कार्यालयबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक (एसपी) सुरेशप्रसाद काफ्लेले विष्टले जानकारी दिए । म्यानेजर विष्टलाई जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

उनले ठगीमा समातिएका पुनको पैसा आदानप्रदान गर्ने कार्यमा विष्टले सघाएको अनुसन्धानको क्रममा देखिएकाले उनलाई पक्राउ गरेको जानकारी दिए । ठूलो रकम स्रोत पुष्टि नगरेर बैंकमार्फत् पुनलाई दिएको अनुसन्धानको क्रममा खुलेकाले विष्टमाथि थप अनुसन्धान गर्नुपर्ने भएकाले भोलि फेरि उपस्थित हुने गरी आइतबार हाजिरी जमानतमा छाडिएको प्रहरीले जनाएको छ ।

लामो समयदेखि ठगेर फरार रहेका पुनलाई केही दिन अघि मात्रै सिआईबीको प्रहरी टोलीले काठमाडौंमा पक्राउ गरेपछि दाङ ल्याई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News