कर्णाली सरकार विस्तारमा देखिएको विवाद टुंग्याउन केन्द्रले हस्तक्षेप गर्ने


 


काठमाडौँ, माघ १०
कर्णाली प्रदेशमा सरकारलाई पूर्णता दिने विषयमा तीन दलीय गठबन्धन असफल भएको छ ।

प्रदेशको गठबन्धनभित्र रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच मन्त्रालयको भागबण्डामा कुरा नमिलेपछि अब केन्द्रीय नेतृत्वलाई नै यो विवाद मिलाउने जिम्मा दिइएको छ ।

अब प्रदेशभित्रको गठबन्धनमा देखिएको समस्या केन्द्रीय गठबन्धनले समाधान गर्ने र त्यसका लागि केन्द्रीय नेताहरु शेरबहादुर देउवा, माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदेशका सम्बन्धित दलका नेताहरुले ‘लविङ’ गरिरहेको स्रोत बताउँछ ।

अबको दुुई चार दिनभित्रै प्रदेशको मन्त्रिपरिषद विस्तारको विषयलाई टुङ्ग्याउने नेताहरुले बचन दिएको मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति: १० माघ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्