नेपालमा ८८ प्रतिशतमा ‘ओमिक्रोन भेरियन्ट’ संक्रमण


 


काठमाडौं, माघ १०
नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्ट देखिएको छ ।

३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन र बाँकी ४ जनामा डेल्टा भेरियँछ देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको नमूना परीक्षणमा दुवै प्रकारको भेरियन्ट देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

‘पछिल्लो समय एस जिन पोजिटिभ भए पनि ८८ प्रतिशत ओमिक्रोन भेरियन्ट रहेको पाइएको छ,’ सहप्रवक्ता डा. अधिकारीले भने । राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति: १० माघ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्