Deshko News
११ आश्विन २०८०, बिहिबार

बारामा बेहुला चढ्ने रथले किचेर दुई जनाको मृत्यु, १६ जना घाइते



काठमाडौँ, माघ ११
बाराको आदर्शकोतवाल गाउँपालिका–३ मा सोमबार राति आयोजित विवाह समारोहमा बेहुला चढ्न प्रयोग गरिएको रथले किचेर २ जनाको मृत्यु भएको छ भने १६ व्यक्ति घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा सिम्रौनागढ नगरपालिका–७ की २३ वर्षीया शैलकुमारी राम र आदर्शकोतवाल–७ की १६ वर्षीया निलमकुमारी रामको मृत्यु भएको हो।

घाइतेहरूको अहिले कलैया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आदर्शकोतवालका सियाराम महराको घरबाट निस्किन लागेको बेहुला बोक्ने रथ अनियन्त्रित हुँदा मानिसलाई किचेको हो। बेहुला चढ्नुअघि नै रथ दुर्घटना भएको स्थानीयले बताएका छन्।

प्रकाशित मिति: ११ माघ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News