अझै केही दिन मौसम सुधार नहुने



काठमाडौं, माघ १७
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ ।

यस मौसमी प्रणालीका कारण केही दिन देशको धेरैजसो भागमा आंशिकदेखि सामान्य बदली भइ केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

आज राति प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहनाका साथै देशको उच्च पहाडी भागका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावनासमेत रहेको बताइएको छ ।

महाशाखाका अनुसार भोलि सोमवार प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News